अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ : महासचिव पोखरेल

कांग्रेस-माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ : महासचिव पोखरेल


नेपालगञ्ज – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको गढ र घरमा एमाले जन्मेको बताउनु भएको छ ।

एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालनसम्बन्धी संयुक्त भेलालाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको घरभित्र पनि एमाले जन्मेको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘यो कांग्रेसको गढ हो । यो गढ माओवादीको हो । यो गढ त राप्रपा र फोरमको हो भनेर नसोच्नु होला । यो पाँच वर्षको अवधिमा हाम्रो पार्टीले गरेको कामको आधारमा, हाम्रो अध्यक्षले गरेको कामको आधारमा कांग्रेसकै घरभित्र पनि एमाले जन्मिसकेको छ । माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ । राप्रपाको घरमा पनि एमाले जन्मिसकेको छ । त्यसैले हरेकका घरमा तपाईं जान जरुरी छ । कुनै घर नछोड्नु होला ।’

एमालेकै पालादेखि सामाजिक सुरक्षा भत्ता दिन शुरु महासचिव पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जवानीमा कांग्रेस भएकाहरु पनि उमेर ढल्केपछि एमाले हुन्छ । यो निर्वाचन जसले टिकट पाए उनीहरुको मात्र हो भनेर बुझ्नु हुँदैन । यो चुनाव भनेको पार्टीको चुनाव हो । देशका पक्षको चुनाव हो । राष्ट्रका पक्षका चुनाव हो भन्ने मान्यताका आधारमा पार्टीका पक्षमा दृढतापूर्वक लाग्न आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र, उपप्रमुखका उम्मेदवार शान्ति ढकाललगायतले समृद्ध नेपालगञ्जका बारेमा धारणा राख्नु भएको थियो ।