धनगढी – अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।
मेल्लेखमा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।
दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ ।
समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।







प्रतिक्रिया