अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातै प्रदेशमा काँग्रेसले एक्लै चुनावी आमसभा गर्ने,गठबन्धन दललाई सहभागी गराइएन

सातै प्रदेशमा काँग्रेसले एक्लै चुनावी आमसभा गर्ने,गठबन्धन दललाई सहभागी गराइएन

काठमाडौं -स्थानीय चुनावका लागि पाँचदलीय गठबन्धन भए पनि देशव्यापी आमसभामा काँग्रेसले अरु दललाई सहभागी नगराउने भएको छ । उसले पार्टीका च्यानलबाट एकल रुपमा आमसभा गर्ने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि सात वटै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषा वैशाख २२ गते र बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते आमसभा हुनेछ ।

आमसभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन तथा परिचालन ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गर्ने बताइएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले शनिबारमात्रै उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्नुभएको छ ।