अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावपछि एमाले तीनै तहका सरकारमा पुनःस्थापना हुन्छ : अध्यक्ष ओली

चुनावपछि एमाले तीनै तहका सरकारमा पुनःस्थापना हुन्छ : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तथा आगामी संसदीय निर्वाचनबाट एमाले पुनः तीनै तहका सरकारमा पुग्ने जिकिर गरेका हुन्।

ओलीको सन्देशमा भनिएको छ , ‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा एमालेलाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं।’
यस क्रममा अध्यक्ष ओलीले संवैधानिक संस्थाहरूलाई असंवैधानिक रुपमा दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइएको उल्लेख गर्नुभएको छ ।

‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो’, अध्यक्ष ओलीको भनाइ छ ।