अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थापितप्रति मतदाताको मोहः तपाईं हाम्रो घर–दैलोमा आउँदा विकास आएको अनुभूति भयो

स्थापितप्रति मतदाताको मोहः तपाईं हाम्रो घर–दैलोमा आउँदा विकास आएको अनुभूति भयो


काठमाडौँ – काठमाडौँ महानगरपालिका नेकपा एमाले तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बिचमा रहन सुझाव समेत दिन भ्याए ।

घर–दैलो कार्यक्रमको सिलसिलामा काठमाडौँ महानगरपालिका नेकपा ९एमाले० तर्फका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष र सदस्यसहित वडा–४ को घर–दैलो कार्यक्रमका सिलसिलामा धुम्वाराही पुग्दा त्यहाँका मतदाता निकै उत्साहित बनेको देखिन्थ्यो ।

झण्डै २० वर्ष अघि एमालेकै तर्फबाट काठमाडौँको मेयर चलाउनु भएका केशव स्थापित मतदाताको घर–दैलोमा पुग्दा उहाँसँग धेरै मतदाताले काठमाडौँमा थप विकासको अपेक्षा गरेको बताए । निर्भीक स्वाभावकका स्थापित पूर्व कायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहनु भएका जोशीले उहाँलाई न्यानो स्वागत मात्रै गर्नुभएन, जीतको शुभकामना समेत दिन भ्याउनुभयो । ‘केशव मेरो पुरानो साथी हो, मत माग्दै मेरो घर–दैलोमा आइपुग्दा म खुशी छु,’ उहाँले भन्नुभयो, ‘केशव विकासप्रेमी नेता हो । काठमाडौँ थप समृद्ध बनाउन केशवलाई जितको शुभकामना छ ।’

निर्भीक स्वाभावकका स्थापित पूर्व कायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहनु भएका जोशीले उहाँलाई न्यानो स्वागत मात्रै गर्नुभएन, जीतको शुभकामना समेत दिन भ्याउनुभयो । ‘केशव मेरो पुरानो साथी हो, मत माग्दै मेरो घर–दैलोमा आइपुग्दा म खुशी छु,’ उहाँले भन्नुभयो, ‘केशव विकासप्रेमी नेता हो । काठमाडौँ थप समृद्ध बनाउन केशवलाई जितको शुभकामना छ ।’

जोशीले त्यसो भन्दै गर्दा स्थापितले पनि आफ्नै शैलीमा जोशीलाई अँगालोमा बाध्नुभयो र भन्नुभयो– ‘फोन गर्न भ्याएको थिइन, आज आफैँ आए ।’ स्थापितले आफ्नै छेउमा उभिँनु भएकी उपमेयर पदकी उम्मेदवार सुनिता डंगोललाई देखाँउदै थप्नुभयो– ‘एमालेले अनुभवी र युवापुस्ताको मिश्रित टिम उठाएको छ । मसँग अनुभव छ, सुनितासँग युवा पुस्ताको साथ, काठमाडौँ थप व्यवस्थित र आहा १ भन्ने बनाउने यो बाहेक अर्को टिम छ त रु हाउ–भाउसहितको स्थापितको अभिव्यक्तिपछि जोशीले आफ्नै पाराको मुस्कानसहित डंगोल र वडाका टीमलाई पनि शुभकामना भन्नुभयो ।

जोशी मात्रै होइन घर–दैलो कार्यक्रमकै सिलसिलामा धुम्बाराहीको महालक्ष्मी टोल पुग्दा त्यहाँका मतदाता पनि उत्साहित बनेको देखिन्थ्यो । महालक्ष्मी टोल सुधार समितिका अध्यक्ष शिव बस्नेत स्थापित सहितको टोली आफ्नो घर–दैलोमा आइपुग्दा विकास पनि आफ्नै टोलमा आएको अनुभूति भएको भन्दै उहाँले २० वर्ष पहिलाको स्थापितको विकासप्रतिको मोहको व्याख्या यसरी गर्नुभयो– ‘पहिला पनि तपाईँको मेयरको कार्यकाल एक दिन मात्रै बाँकी हुँदा यहाँको बाटो खोलिदिनु भएको थियो । तपाईँबाट हामीले अझै पनि यस्ता विकासका कामको अपेक्षा गरेका छौँ । तपाईँबाट विकास निर्माणको काम थप अघि बढ्न भन्नेमा आशावादी छौँ ।’

बस्नेत जस्ता युवाको अपेक्षालाई पूरा गर्ने बाचा गर्दै स्थापितसहितको टोलीले झण्डै तीन घण्टा घर–दैलो गर्दा मतदाताले उहाँलाई मिश्रित सुझाव दिए । धुम्वाराहीकै मतदाता प्रोफेसर दुर्वेस रेग्मीले निर्वाचन जितेपछि पनि जनतासँगको सहकार्यलाई बेवास्ता नगर्न सुझाव दिनुभयो । ‘विजयी भएपछि पनि तपाईँले यहाँको विकासका लागि अनुभवी र चाहिने व्यक्तिसँग सल्लाह लिन नविर्सिनु,’ उहाँले भन्नुभयो, ‘तपाईँसँग मेरो पुरानो चिनजान हो । विकासका लागि धेरै अपेक्षा गरेका छौँ । विजयीको शुभकामना छ ।’

धुम्वाराहीकै मतदाता प्राध्यापक विजय खरेलले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो । उहाँ काठमाडौँ महानगरपालिकाका लागि चाहिने मेयर हो ।’

धुम्वाराहीकै मतदाता प्राध्यापक विजय खरेलले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो । उहाँ काठमाडौँ महानगरपालिकाका लागि चाहिने मेयर हो ।’

घर–दैलो कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालसहित धुम्वाराही पुग्नु भएका स्थापितले विकास भएको ठाउँमा भन्दा पनि विकास हुन बाँकी रहेको ठाउँमा घर–दैलो गर्ने भन्दै आफ्नै पारामा भन्नुभयो– ‘केशव भनेको विग्रेको ठाउँ बनाउने मान्छे हो, म घर–दैलोमा मात्रै यहाँ आएको होइन । मेयर निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको हुँ । मलाई विकास भएको होइन, विकास गर्न बाँकी ठाउँ देखाउनु ।’ वाजागाजासहितको टोली मतदातासँग मत माग्दै हिँड्दा धेरैले स्थापित र डंगोलसँग सेल्फी खिचेका दृष्यहरु पनि देखिन्थे ।

कतिपय मतदाताले चाँहि केशव स्थापितलाई नजिकबाट नदेखे पनि उहाँको विकासबारे प्रसस्तै सुनेको बताए । प्रज्वल खड्काले काठमाडौँ महानगरपालिकाको वडा–४ मा अन्य वडाको तुलनामा विकास भएको भन्दै थप विकासका लागि विकासप्रेमि नेता नै आवश्यक हुने बताउनुभयो । ‘जितेर आउने जनप्रतिनिधिले वाटो, पानी, ढल जस्ता विषयमा बढी ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले घर–दैलोमा आउने मत माग्ने अनि हामीले मत दिने भनेको उहाँहरुले विजयी भएपछि हामीलाई विकास दिने हो । हामी मत दिन्छौँ । उहाँहरुले विकास दिनुहोला भन्ने सुझाव छ ।’

जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले एमाले काठमाडौँ महानगर कमिटीले दैनिक बिहान–बेलुका घर–दैलो कार्यक्रम गर्ने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो । ‘हामी मतदाताका बिचमा जान्छौ,’ उहाँले भन्नुभयो, ‘जित हाम्रो पक्षमा पार्छौ ।’