अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘गर्भवतीलाई मासिक एकहजार भत्ता’

‘गर्भवतीलाई मासिक एकहजार भत्ता’


भरतपुर – भरतपुर महानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा आफू निर्वाचित भएपछि गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

नेकपा (एमाले) भरतपुर–१२ ले आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार सुवेदीले गर्भवतीको पोषणका लागि भत्ता दिइने घोषणा गर्नु भएको हो ।

आमाहरूको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती नगरवासीहरूको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताउनुभयो ।

‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरूप्रति सम्मान छ’ सुवेदीले भन्नुभयोे, ‘यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा हरेक गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु ।’

निस्वार्थ, निष्पक्ष ढंगले काम गरी महानगरमा सुशासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।