नगर प्रमुख पदका उम्मेदवार, विराटनगर महानगरपालिका तीस वर्षदेखि विराटनगरको राजनीतिमाअनवरत रूपमा लागेका सागर थापाअहिले विराटनगर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीति सुरू गर्नुभएकाथापा महेन्द्र मोरङ क्याम्पस विराटनगरमादुई पटक स्ववियु सभापतिमानिर्वाचितहुनु भयो । त्यस ताका आफ्ना प्यानलका सबै उम्मेदवारहरू पराजित हुँदा पनि उहाँ एक्लै सभापतिमा निर्वाचित भएपछि चर्चा चुलिएको थियो । विराटनगरमा स्थापित नामका रूपमा परिचित सागर थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य र विगत एक दशकदेखि महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ । हाल महानगर कमिटीको अध्यक्ष रहनु भएका थापा उम्मेदवार बन्दै गर्दा गरिएको संक्षिप्त कुराकानीः
यही बैशाख ३० गते हुनगइरहेको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएको छ, तपाईंले जित्ने आधार के छन् ?
विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेदवारले जितेका थिए । त्यसपछि बहुदलीय व्यवस्थामा २०४९ सालको स्थानीय चुनावमा धाधँली भएपछि बहिस्कार गर्दा पनि नेकपा एमालेले सम्मानजनक मतल्याएको थियो । र, २०५४ सालमा एमालेले विजय हासिल गरेको थियो । फेरि २०७४ सालमा काँग्रेस विजयी बन्यो । यो हिसाबले हेर्दा अब जित्ने पालो हाम्रो हो । यो परम्परागत कुरा भयो । यस पटक भने हामी विराटनगरलाई समृद्ध बनाउने, श्रमजीवीका सवालहरूलाई उठाउँदै सम्बोधन गर्ने,यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचार मुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विराटनगरबासीको साथ र सहयोग छ ।
विराटनगर औद्योगिक सहरको रूपमा परिचित छ । तर, पछिल्लो समय यसको साख गिर्दै गएको छ । यहाँको उद्योग व्यवसायलाई पुनर्जीवितगर्न र गुमेको साख फर्काउन तपाईकोकस्तो प्रयत्न रहन्छ ?
नेपालको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएसँगै विराटनगरको पहिचान औद्योगिक सहरको रूपमा स्थापित भएको हो । विराटनगर कुनै समय उद्योग नै उद्योगको सहर थियो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रूपले पनि सम्पन्न थियो तर पछिल्लो समय उद्योगी व्यवसायीहरू पलायन हुने र यहाँका उद्योगहरू धराशयी बन्नथाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरूलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ । विराटनगरको करलाई उद्योगीव्यवसायी मैत्री बनाउँछौं । उद्योगीहरूलाई सम्मान र अभिनन्दन गर्ने कार्यक्रम ल्याएर प्रोत्साहन गर्छाैं । सेवालाई डिजिटलाइजेशनगर्दै झण्झटमुक्त प्रशासन बनाउने छौँ । उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिकवातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थलबनाउने प्रतिबद्धता सहित हामी अघि बढेका छौँ ।
शिक्षा र स्वास्थ्यमातपाईंको योजना के हो ?
हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षालय बनाउँछौं । निजीविद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौं । सबै खालका शैक्षिक संस्थाखोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौं । सामुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्थागर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्यबीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनगर्ने छौँ । निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौं ।
सुशासनका लागि तपाईंको प्रयत्न र प्रतिबद्धता के हुने छ ?
विराटनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरूस्त कर्मचारी प्रशासन बनाइने छ । भइरहेका करार र सबैखाले कर्मचारीको स्थायित्व गर्दै उनीहरूलाई प्रोत्साहन नीति मार्फत काममा लगाइने छ । विराटनगर भित्र भएका सबै कर्मचारीलाई नयाँ उर्जाका साथका मगर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधि बीचको समन्वयलाई प्रभावकारी बनाइने छ ।लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहनगर्ने काम अगाडि बढाउने छौं । भ्रष्टाचारमा मात्र नभई ढिलासुस्तीमा समेत शुन्य सहनशीलता अपनाउने छौं ।
विराटनगरका सुकुम्बासी समस्या समाधान कसरी गर्ने योजना छ ?
विराटनगरमा रहेका सबै सुकुम्बासीको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनै पनि सुकुम्बासी परिवार घरबारविही नहुने छैनन् । विराटनगरमा रहेका सुकुम्बासी बस्तीलाई सडक, विद्युत, खानेपानी पु¥याउने कार्यलाई तिव्रता दिइने छ ।
विराटनगरको मुख्य समस्या डुबान हो । यसलाई नियन्त्रण गर्नको लागि तपाईकोको योजना कसरी अघि बढ्छ ?
हामी डुबान क्षेत्रको पहिचान गरीत्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबानमुक्त हुनका लागि ढलहरूको निर्माण र खोलाहरूमा तटबन्ध र त्यस छेउका बस्तीको व्यवस्थापन गर्छौं ।
योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
संघीय तथाप्रदेश सरकारसँगको समन्वय र अनुदानहरू, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरूको पहिचान र करकानयाँ क्षेत्रहरु खोजी गरी स्रोतको व्यवस्थापनगरिनेछ ।
प्रतिक्रिया