अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रमिकलाई सम्मान गरौं : राष्ट्रपति भण्डारी

श्रमिकलाई सम्मान गरौं : राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमिकको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले श्रमिकको सम्मान गर्नुपर्ने बताउनुभयो ।

‘मुलुकको उद्योग, कृषि, निर्माण र सेवा क्षेत्र लगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु’, उहाँले शुभकामना सन्देश मार्फत् भन्नुभएको छ ।

विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरुक बन्न पनि उनले आग्रह गर्नुभयो । संविधानले सबैलाई रोजगारीको हक सुनिश्चितता गरी श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

जनताको आकांक्षा बमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ । उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई छ ।