अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजु अर्याल सशस्त्रको आईजीपीमा नियुक्त

राजु अर्याल सशस्त्रको आईजीपीमा नियुक्त


काठमाडौं – सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

केसी चैतको अन्तिम सातामात्र आईजीपीमा बढुवा भएका थिए । उहाँले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् ।