काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो देश नै एमालेमय भएको दाबी गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देश एमालेमय बनाउन सफल भएको छ, देश नै एमालेमय भएको छ।’
अध्यक्ष ओलीले अहिले एमालेको पक्षमा कति टिकट र फेसबुक स्टाटस लेखिन्छ भनेर हिसाब गर्न नै गाह्रो भएको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एकदिनमा टिकटक कति बन्छन् हिसाब गर्न गाह्रो छ, फेसबुकमा कति स्टाटस लेखिन्छन्, त्यो फेसबुकले मात्र जान्दछ । हरेक ठाउँमा २, ३ वा ५ वटा गित लोकार्पण भइरहेका छन्।’









प्रतिक्रिया