अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको मुहार सम्झेर काठमाडौं महानगरमा दनादन काम गर्छु : केशव स्थापित

अध्यक्ष ओलीको मुहार सम्झेर काठमाडौं महानगरमा दनादन काम गर्छु : केशव स्थापित


काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा प्रमुख उम्मेदवार केशव स्थापितले नेतृत्वप्रतिको निष्ठामा कुनै ‘चुक’ हुन नदिने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले काठमाडौं महानगगरमा आफूले गरेको प्रतिज्ञा पूरा गर्ने बताउनु भयो ।

केशव स्थापित भन्नुहुन्छ, ‘काठमाडौं उपत्यकामा मैले प्रतिज्ञा गरेँ, मेरा एजेण्डा छन् ती बोल्ने विषय हुन् । त्यसलाई बोलेर मात्र के गर्ने ? यति देला कि नदेला भनेर नबस्ने । यति त माग्ने नै हो भनेर मैले हेरेको जस्तो गर्नें ।’

एमाले अध्यक्ष ओलीको मुहार सम्झँदै निर्णय लिने र धमाधम गर्ने स्थापितले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीको मुहार सम्झने, अनि दनादन निर्णय ठोकेपछि त हुन्छ होला नि । मेरो निष्ठा यही हो। कहीँ चुक हुन दिने छैन् ।’