अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोट ‘इट्टा भट्टामा जिउँदै मान्छे पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो’ : सूर्य विनायकका जनता

भोट ‘इट्टा भट्टामा जिउँदै मान्छे पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो’ : सूर्य विनायकका जनता


भक्तपुर – स्थानीय तहको निर्वाचनका लागि दलहरूको चुनावी प्रचार-प्रसार तथा घरदैलो कार्यक्रम गरिरहेका छन् । दलका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटबाट सुरु भएको घरदैलो कार्यक्रम आज सूर्य विनायक नगरपालिकाको वडा-४ दधिकोटमा गरिएको छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जङ्ग थापाको साथमा सूर्य विनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार वासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार लगायतको सहभागिता घरदैलो कार्यक्रम गरिएको छ ।

घरदैलो कार्यक्रममा स्थानीयवासीका साथै एमालेका सयौँ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दधिकोटको गाम्चा चोकबाट सुरु गरिएको र्‍यालीले वडाका अधिकांश बासिन्दाहरूको घरघरमा पुगेर मत मागेका थिए ।

घरदैलो कार्यक्रममा एमालेका उम्मेदवारलाई स्थानीयवासीले आशिर्वाद दिँदै विजय सुनिश्चितताको शुभकामना दिएका थिए । भक्तपुर  एमालेको नेतृत्वमा आएसँगै यहाँको मुहार परिवर्तन भएकाले अबको निर्वाचनमा एमालेको विकल्प अन्य पार्टी हुन नसक्ने स्थानीयले बताएका छन् । ज्येष्ठ नागरिकहरूले समेत आफ्नो भोट सूर्य चिन्हलाई नै दिने बताएका छन् ।

नेपाली कांग्रेसले नेतृत्व गर्दा गरीब जनतालाई जिउँदै इट्टा भट्टामा जलाएको स्मरण गर्दै एक वृद्धले भन्नुभयो, ‘बाबु भोट त इट्टा भट्टामा जिउँदै मान्छे पोलेर मार्नेलाई हैन, बुढेसकालको सहारा र सारथि बनेको वृद्धभत्ता दिने एमालेलाई नै दिने हो । ढुक्क हुनुहोस्, तपाईँहरूको जित सुनिश्चित छ । अरू त आउँछन् जान्छन्, भोट चाहिँ सूर्यमा नै दिने हो ।’

स्थानीय युवा तथा बुद्धिजीवीहरूले विगतमा एमाले बाहेकका दलहरूले चुनाव जितेर जिल्लामा नेतृत्व गर्दा विकासको कुरामा भक्तपुर बत्तीमुनिको अँध्यारो हुन परेको तितो यथार्थ स्मरण गर्दै आगामी पुस्ताले समेत धिक्कार्ने अवस्था नबनाउन एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए ।

उम्मेद्वारहरुले आफूहरू निर्वाचित भएपश्चात् विगतमा केही गल्ती तथा कमजोरीहरू भएता पनि जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै जनताको विकास प्रतिको मुर्छित सपनाहरूलाई बिपनामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा भोट के मा ? सूर्यमा; आयो आयो, सूर्य आयो; सूर्यविनायकका जनता के भन्छन्, एमालेलाई ले भन्छन्; नेकपा एमाले हाइ हाई, गठबन्धन वाई वाई; नेकपा एमाले जिन्दाबाद भन्दै नाराहरू लगाएका थिए ।