अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रबाट निर्वाचित लिम्चुङबुङ-२ का वडा अध्यक्ष एमालेमा प्रवेश (तस्वीरहरू)

माओवादी केन्द्रबाट निर्वाचित लिम्चुङबुङ-२ का वडा अध्यक्ष एमालेमा प्रवेश (तस्वीरहरू)


उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा-२ का नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा-२ मा निर्वाचित वडा अध्यक्ष तथा पालिका सचिवालय सदस्य भविन्द्र कुमार राई नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

पार्टीले टिकट वितरणमा नातावाद कृपावाद, गुटगत प्रवृति हावी हुँदै गएको भन्दै चरम असन्तुष्ट पोख्दै आएका वडा नम्बर २ का वडाध्यक्ष भविन्द्र राई र महिला नेतृ गंगा राई एमालेमा प्रवेश गरेका हुन्। वडाध्यक्ष राई गाउँपालिका कमिटीका सचिवालय सदस्य हुन् भने महिला नेतृ राई सकृय कार्यकर्ता हुन् ।

नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटिले आयोजना गरेको आसन्न निर्वाचन केन्द्रित कार्यक्रम भविन्द्र राईलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य, जिल्ला इन्चार्ज तथा पूर्व शहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, प्रदेश कमिटी सचिवालय सदस्य बेदप्रसाद पोखरेल, अम्बरबहादु रायमाझी, देवराज राई, जिल्ला कमिटी सदस्य हेम खड्का, गाउँपालिका कमिटीका अध्यक्ष भलराज राई र गाउँपालिकाका अध्यक्षका उमेदवार राजकुमार राईले स्वागत गर्नु भएको थियो ।