अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले २४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझैं स्वाट्ट निल्यो : अध्यक्ष ओली

गठबन्धन सरकारले २४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझैं स्वाट्ट निल्यो : अध्यक्ष ओली


हेटौंडा – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिनुभएको छ ।

हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ, मैले भनिराख्नु पर्ला जस्तो लाग्दैन । अगस्ते जस्तो अनुहार भएका छन् । अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’

वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको अध्यक्ष ओलीको ओलीको आरोप लगाउनु भयो । अध्यक्ष ओली भन्नुहुन्छ, ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ ।’