अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा बढ्यो कोरोना, एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

भारतमा बढ्यो कोरोना, एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु


नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।

दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्। हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। सोमबार ४०८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्।