जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरू धर्नामा बसेका छन् ।
जनकपुरधाम उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएका मनोज कुमार साह धर्नामा बस्नुभएको छ । साहले चुनाव चिन्ह घण्टाघर पाउनुभएको छ ।
निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन बितिसक्दा पनि निर्वाचन कार्यालयको वेबसाइटमा रहेको नमुना मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्ह नरहेको भन्दै उनी धर्नामा बसेका हुन् ।
साहले भन्नुभयो, ‘मतपत्रमा आजसम्म पनि स्वतन्त्र उम्मेदवारहरूको चिन्ह नै नरहेपछि जनतासँग मत कसरी माग्ने, कुन आधारले माग्ने, हामीलाई निर्वाचन आयोगमाथि नै शंका भएकाले धर्नामा बस्नु परेको छ ।’
प्रतिक्रिया