अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संघीय संसदको अधिवेशन आह्वानका विषयमा छलफल

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संघीय संसदको अधिवेशन आह्वानका विषयमा छलफल


काठमाडौं – संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ ।