अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौताराका वडाध्यक्षसहित ५० जनाभन्दा बढी एमालेमा प्रवेश

चौताराका वडाध्यक्षसहित ५० जनाभन्दा बढी एमालेमा प्रवेश


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा-१४ का निवर्तमान वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित ५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा-१४ मा श्रेष्ठले माओवादी केन्द्रबाट वडा अध्यक्ष जित्नुभएको थियो।

माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट ५० जनाभन्दा बढी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।