सिन्धुपाल्चोक – आसन्न स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी छ । यो सँगै सिन्धुपाल्चोकमा पनि राजनीतिक दलहरूको सरगर्मी बढ्न थालेको छ । दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । तर, चुनावी प्रचार प्रसारलाई महत्वकासाथ अघि बढाए पनि निर्वाचन आयोगले तोकेको आचारसंहितालाई भने बलेफी काँग्रेसले धज्जी उडाइरहेको छ ।
नेपाली कांग्रेसबाट बलेफी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनु भएका सुवास तिमल्सिनाले घरदैलो कार्यक्रममा जाँदा आफ्नो फोटोसहित आफूलाई विजयी गराउन भनिएको टिसर्ट कार्यकर्तालाई वितरण गरेका छन् । बलेफी काँग्रेसले चुनावी प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगलाई बेवास्ता गरी आफ्नो चित्राकृति भएको टिसर्ट कार्यकर्तालाई वितरण गरेको हो ।
निर्वाचन आयोगको स्पष्ट आचारसंहितामा उम्मेदवारको चित्र भएको कुनै पनि सामाग्री ननिकाल्न भनिएको छ । तर, बलेफी काँग्रेसले निर्वाचन आयोगलाई बेवास्ता गरी मनोमानी गरेको छ । निर्वाचन आयोगको आचारसंहिता विपरीत गरेको चुनावी प्रचार प्रसारलाई आयोगले के गर्छ भन्ने कुरामा यति बेला बलेफीका जनतामा संशय पैदा भएको छ ।








प्रतिक्रिया