अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आँशु पुछ्दै घरदैलो अभियानमा नेकपा एमालेका उम्मेदवार  

आँशु पुछ्दै घरदैलो अभियानमा नेकपा एमालेका उम्मेदवार  


दमक – झापाको दमक नगरपालिका–९ दिपपिनी खोला किनारमा बसोबास गरिरहनु भएका  सुनिता धामी बिरामी भएको घरमा नै नेकपा एमालेका उम्मेदवार पुगेर सोधिखोजी गर्न थालेपछि अगालो हालेर भक्कानिदै रुन थाल्नुभयो । लामो समयदेखि नशा सम्बन्धि रोगले पीडीत धामी आफू उठेर हिडडुल गर्न नसक्ने अवस्था हुनुहुन्थ्यो । यो अवस्थामा पनि उम्मेदवार घरमा आएर आफ्नो विषयमा जानकारी लिएपछि आँसु अडिएन उहाँले बताउनु भयो ।

सर्वसाधारणले अगालो हालेर रोएपछि धामीका आँखाका आँशु पुछ्दै मेयर उम्मेदवार गीता अधिकारीले यसरी रुनु हुन्न हामी तपाईंको उपचारको व्यवस्था मिलाउछौ भनेपछि उहाँको मुहारमा खुशीले भरिएको थियो । यो दृश्यले सबै निर्वाचन अभियानमा खटिएको टोली समेत भावुक भएको थियो। यो अवस्थामा मेयरकी उम्मेदवार अधिकारीले हामीले लामो समयदेखि असक्त अवस्था रहेको बिरामीलाई आफ्नो नेतृत्वमा स्थानीय सरकार निर्माण भएपछि निःशुल्क स्वास्थ्य बीमा गरी उपचार गर्ने योजना रहेको बताउनुभयो ।

उहाँ जस्तै धेरै सर्वसाधारणले घर–घरमा, बस्ती–बस्तिमा उम्मेदवार पुगेपछि निर्वाचनमा सहभागिताको ऊर्जा थपिएको बताएका छन् । नेकपा एमालेका उम्मेदवार घरदैलो अभियानमा बस्ती र झुपडी पुग्दा विकासका लागि अझै धेरै आशा रहेको प्रतिक्रिया दिएका छन् । टोल बस्तीमा धेरै विकास पूर्वाधारका भएका छन् ।

यसअघि हामी यहाँ वर्षात समयमा झण्डै तीन महीना त पानीमा नै डुब्नु पथ्र्यो । स्थानीय सरकार निर्माण भएपछि दिपनी खोलामा तटबन्धन गरियो । त्यसपछि यो टोलमा सडक समेत निर्माण भयो अहिले हामीलाई सहज भएको छ । स्थानीय गोधुली धिमालले भन्नुभयो ।

अब हामीलाई यो टोलमा शुद्ध खानेपानीको आवश्यक छ । यो चाँडै पूरा होस् हामी यही चाहन्छौ धिमाले समस्या राख्नुभयो । यो टोलमा जस्तै दमक नगरभित्रका अधिकांश बासिन्दाले विकासको भरोसा नेकपा एमालेसँगै रहेकाले भोट माग्न अएको बेला हामीले समस्या राखेका हौ उनीहरुको भनाइ छ । नेकपा एमालेको घरदैलो अभियानमा स्थानीय बासिन्दाको विश्वास भरोसा र चोसो अझै बढेकाले उम्मेदवारलाई समेत उत्साहित बनाएको दमक नगरपालिकाको मेयरकी उम्मेदवार गीता अधिकारीले बताउनु भयो । हामीले जनताका अझै धेरै अधुरा काम पूरा गर्न बाँकी छन् । चुनावी दौडानमा सबैले हामीसँग नै बढी अपेक्षा रहेको बताउनु भयो ।

दमक नगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वतमान उपमेयर तथा पार्टीकी केन्द्रीय सदस्य गीता अधिकारी मेयरको उम्मेदवार हुनुहुन्छ । यस्तै पार्टीको प्रदेश कमिटी सदस्य अम्बिका खनाल उपमेयरका उम्मेदवार हुनुहुन्छ । सयौंको संख्यामा रहेको एमालेको घरदैलो अभियानले चुनावी माहोल पार्टीको पक्षमा बनिसकेको नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो । पार्टीको उच्च नेतृत्व घरदैलो कार्यक्रमले उम्मेदवारसहित सर्वसाधारण मतदातालाई समेत उत्साह थपेको छ ।