अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्रका आइजीपी अर्याल भन्नुहुन्छ: सिमा सुरक्षालाई थप बलियो बनाउँछु 

सशस्त्रका आइजीपी अर्याल भन्नुहुन्छ: सिमा सुरक्षालाई थप बलियो बनाउँछु 


काठमाडौं – गृहसचिव टेकनारायण पाण्डेले नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १८ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकबाट सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएका राजु अर्याललाई सोमबार मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सु–शोभित गर्नुभयो ।

त्यसअवसरमा गृहसचिव टेकनारायण पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएकोमा महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

गृहसचिव पाण्डेले सशस्त्र प्रहरी बल नेपाललाई सबल, सुदृढ र सशक्त बनाउन थप जनशक्तिको आवश्यकता रहेको चर्चा गर्नुहुदै संगठनको सवलिकरणका लागी मन्त्रालयको सदैव साथ र सहयोग रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसै अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नती प्रदान गर्नुभएकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृहमन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालमा सेवारत रहँदा  कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको समेत आहुती दिई सहिद हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्णमोहन श्रेष्ठ लगायत ३२० जना अमर सशस्त्र प्रहरीहरुको चिरशान्तिको कामना गर्नुहुँदै घाईते तथा अंगभंग हुनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

उहाँले संगठनलाई आजको यस अवस्थामा ल्याईपु¥याउन महत्वपुर्ण योगदान पुर्‍याउनुहुने संगठनका पुर्वज नेतृत्व वर्गहरुको योगदानको स्मरण गर्नुहुँदै राष्ट्रको सुरक्षा र आम नागरीकको सेवामा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु उच्चमनोवलका साथ अहोरात्र क्रियाशिल रहि त्याग, समर्पण र बलिदानीमा कहिल्यै पछि नपर्ने विश्वास दिलाउनुभयो ।

महानिरीक्षक अर्यालले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलिकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढिकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्नुहुदै सो कार्यान्वयनको लागी नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले  सकल दर्जाको कल्याण र बृत्तिविकासमा जोडदिँदै मानव संसाधनको विकास, आधुनिक प्रविधीको प्रयोग गरि नतिजामुखि कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने उल्लेख गर्नुहुदै संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

  समारोहमा प्रहरी महानिरीक्षक, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी

उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं. २०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको हो । काठमाडौ जिल्लाको गोलढुंगा ३ स्थायी बसोवास गरिहरनु भएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गर्नुभएको छ ।

वि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवाप्रवेश गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल वि.सं. २०५८ सालजेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएको थियो ।

उहाँले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिकतालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायतविभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ ।

महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खादक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथाअलंकारहरुबाट विभूषित हुनुहुन्छ ।

उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापतविभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरीबल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरीबल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथागुल्म लगायत १० भन्दा बढि ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी बहनगर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारीकुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गर्नुभएको छ ।

महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन

दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरीमहानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवीबगलामुखीमाईको पुजा अर्चना गर्नुभई पशुपतिनाथ मन्दिरमा दर्शन पश्चातसोमबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयहल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गर्नुभयो । त्यसअघिसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बलनेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकलदर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनकोक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतकाकार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउनुहुँदै संगठनकोविकास र बिस्तारमा समेत विशेष ध्यान पुर्‍याईने बताउनुभयो ।

उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुकार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनिआर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ताकर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउनुहुँदै कमाण्डर तहकाअधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनलेलिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुटभई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउनुहुँदै संगठनबाट के लिन सक्छुभन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भईकार्यसम्पादनमा लाग्न निर्देशन समेत दिनुभयो ।

उहाँले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदाकल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितकालागि योजनाकासाथ काम गर्ने बताउनुभयो ।

महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो।

सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचारमार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालबाट पदवहाली

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्याललेसोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सो संघको अध्यक्ष पदको पदवहाली गर्नुभएको छ ।

त्यसअवसरमा सो संघका कार्यकारिणी पदाधिकारीहरु लगायत संघका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।