अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

एमालेबाट काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई


काठमाडौँ – नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको चुनावी प्रचार-प्रसारलाई तिव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ ।

‘चुनावी प्रचार-प्रसारलाई तिव्र बनाउँदै मेयर-उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा एमालेले अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा सम्वोधन गर्दै संयोजक पोखरेलले भन्नुभयो,’ ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्छ ।’

पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । नेकपा ९एमाले० काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले अब मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगर काठमाडौँ महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो ।