झापा -स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने हुनुभएको छ ।
एमाले झापाका सचिव शिव ढुंगेलका अध्यक्ष ओलीले तीनवटा नगरपालिका र एउटा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । जसमा भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।







प्रतिक्रिया