अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारी निस्क्रिय गर्न बागीलाई कांग्रेसको निर्देशन

उम्मेदवारी निस्क्रिय गर्न बागीलाई कांग्रेसको निर्देशन


काठमाडौँ — नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने कांग्रेसका नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय बनाउँदै आधिकारीक उम्मेदवारको प्रचार अभियानमा लाग्न निर्देशन दिएको छ ।

वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्दै पार्टीको आधिकारीक उम्मेदवारको पक्षमा सहयोग गर्न कांग्रेसले निर्देशन दिएको हो । सोमबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा यस्तो बताइएको हो ।

त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारीक उम्मेदवारको पक्षमा लाग्न कांग्रेसले निर्देशन दिएको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याइ पुनर्विचार गर्न सक्ने सम्बन्धित सबैलाई निर्देशनाअुसनरा जानकारी गराइन्छ ।’

नेपाली कांग्रेसले यसअघि पनि बागी उम्मेदवारहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिँदै निर्धारित समयमै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले माओवादी केन्द्रसहित ४ दलहरूसँग गठबन्धन गरेकोमा असन्तुष्ट बन्दै कतिपय जिल्लामा कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।