झापा- वि.सं. २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो–गोपालचन्द्र बुढाथोकी । झापाको धुलाबारी माविबाट २०३८ सालमा विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीति यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । औपचारिक शिक्षामा आईएसम्म अध्ययन गरेका बुढाथोकीले आफ्नो परिवारको आर्थिक कमजोरीका कारण विसं २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर यातायात मजदुरका रुपमा काम गर्न थाल्नुभएको थियो ।
मेची बस व्यवसायी संघमा ३ कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गर्दै महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको संस्थापक उपसमितिमा २ कार्यकाल उनले पूरा गरे । यातायात मजदुरको क्षेत्रमा पार्टीको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका बुढाथोकीले २०४६ सालको जन आन्दोलनमा आफूलाई अझ् सव्रिmय बनाए । वि।सं। २०४७ सालमा नेकपा एमाले धुलावारी गाउँ कमिटीको उपसचिव, ०५० सालमा धुलाबारी गाउँ कमिटीको सचिव, ०५३ सालमा मेचीनगर नगरपालिका गठनपछि पार्टीको मेचीनगर कमिटीको संस्थापक सचिव भई पार्टीको जिम्मेवारी सम्हाल्दै आएका बुढाथोकीले झापा क्षेत्र नं। १ को एक कार्यकाल पार्टी अध्यक्षको अनुभव समेत प्राप्त गर्नुभएको छ ।
दुई कार्यकाल पार्टीको झापा जिल्ला कमिटी सदस्य र क्षेत्रीय इञ्चार्ज बनेका बुढाथोकी २०७४ मा झापा क्षेत्र नं। १ को प्रदेश ख क्षेत्रबाट प्रदेश सांसद पदमा निर्वाचित हुनुभयो ।
हाल पार्टीको प्रदेश कमिटी सदस्य र झापा क्षेत्र नं १ को क्षेत्रीय इञ्चार्ज पदमा कार्यरत बुढाथोकी मेचीनगर नगरपालिकाको प्रमुखका लागि हाल घरदैलो अभियानमा जुट्नुभएको छ ।
प्रदेश सदस्य बहाल रहेकै बेला पार्टीले चुनाव मेचीनगर नगरपालिकामा मेयरको उम्मेद्वार बनाएको छ । बुढाथोकीको भनाइ छ -मतदाताले मेरो इमान्दारिता,निरन्तरता र समाजसेवा बुझ्नु भएको छ । त्यसकै बेलमा म चुनाव जित्छु ।







प्रतिक्रिया