ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका लागि नयाँ नाम होइन छत्रपती प्याकुरेल । उहाँ यस अघि पनि नगरपालिकाको सफल मेयरका रूपमा परिचित हुनुहुन्छ ।
यस पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पुनः मेयर पदको उम्मेदवार बन्नुभएका प्याकुरेल अब अधुरा काम पुरा गर्दै नगरलाई नयाँ स्वरुप दिने आफ्नो योजना रहेको सुनाउनुहुन्छ ।
उहाँले घोषणपत्र सार्वजनिक गर्दै कयौं कामहरू गरेता पनि केही अधुरा काम पुरा गर्न अहिलेको उम्मेदवारी आवश्यक भएको बताउनुभएको छ । पार्टीले पुन जिम्मेवारी दिएकाले फेरी चुनावी मैदानमा आएको र जित सुनिश्चित भएको उहाँको भनाई छ ।
प्याकुरेलले आगामी ५ वर्षमा फुङलिङ नगरपालिकालाई नयाँ रूपबाट विकासका प्रकियालाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँको घोषणा पत्रमा नगरको समृद्धि र विकासको प्रमुख आधार शिक्षा, स्वास्थ्य, कृषि पशुपालन, पर्यटन जलस्रोतलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
यस्तै आगामी ५ वर्ष भित्र सुकुम्बासी मुक्त नगर घोषण गरी पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन, खेलकुदको लागि निर्माणधीन फुनपा २ को रंगशालालाई चाँडै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
यस्तै विभिन्न विद्यालयमा बालिका मैत्री शौचालय स्यानिटरी प्याट र डेन्टिङ मेसिनको व्यवस्था गर्ने गरिने जनाइएको छ । प्रत्येक नगरबासिलाई स्वास्थ्य बिमा गराउने, फोहोर मैला व्यवस्थापन र सरसफाइ को लागि स्वच्छ सफा सुन्दर हरियाली फुङलिङ नगर बनाउले प्रतिवद्धता अघि सारिएको छ ।
‘फोहोर फाली कमाउ मोहर’ जस्ता नारा सहित व्यवस्थापन गर्ने पनि बताइएको छ । विद्युतीयकरण, आधुनिक उर्जा, सडक तथा यातायात आवास व्याव्यस्था, सरकारी क्षेत्रको विकास, भूमि व्यवस्थापन सहकारी विकास र वस्ती विकासलाई अघि सारिएको छ ।
यस्तै आगामी ५ वर्ष भित्र सुकुम्बासी मुक्त नगर घोषण गरी पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन, खेलकुदको लागि निर्माणधीन फुनपा २ को रंगशालालाई चाँडै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
महिला समानता र सशक्तीकरण, गरीबी निवारण तथा रोजगारी सिर्जना, वृक्ष रोपण गरी हरियाली नगर विकास, कर छली लाई नियन्त्रण गरी स्थानीय अभिलेख व्यवस्थापन गरिने छ । सूचना तथा सन्चार प्रणाली सँगै फुङलिङ नगरपालिकाका सबै वडाहरु सम्म १२ महिने यातायात सञ्चालन हुने गरी सडकलाई स्तरोन्नति गरिने छ ।
शेर्पा टोल, मित्लुङ हुँदै तमोर करिडोरलाई कालोपत्रे, साथै अन्य मोटरबाटो लाई स्तरोन्नति गरिने प्रतिबद्धता अघि सार्नुभएको छ । उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा ३८९५ मत ल्याउँदै विजयी हुनुभएको थियो ।
प्रतिक्रिया