अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा द्वारिकलालको घोषणा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै एमालेका उम्मेद्वारलाई साथ दिन्छु : द्वारिकलाल चौधरी

इटहरीमा द्वारिकलालको घोषणा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै एमालेका उम्मेद्वारलाई साथ दिन्छु : द्वारिकलाल चौधरी


इटहरीमा द्वारिकलालको घोषणा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै एमालेका उम्मेद्वारलाई साथ दिन्छु : द्वारिकलाल चौधरी

इटहरी- वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा महाभारतको लडाईमा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै आफूले सूर्यध्वजावाहक उम्मेदवारलाई साथ दिने वताउनुभएको छ । उहाँले गठवन्धनको चक्रब्यूह तोडन आफूले नेतृत्व गर्नु परे तयार रहेको वताउनुभएको छ । इटहरीमा एमाले एक ढिक्का भएको देखेर कसैको टाउको दुख्छ भने सिटामोल लिएर हिडन पनि उहाँले सुझाव दिनुभएको छ । इटहरी उपमहानगरमा हालका मेयर द्वारिकलाल चौधरीले एमालेका मेयर पदका उम्मेदवार याम सुब्बा र उपमेयर पदका उम्मेदवारसंगीता चौधरीलाई खुलेरै सहयोग गर्नुभएको हो । सुनसरीको इटहरी उपमहानगरपलिकामा उमेदवारहरु घर दैलो कार्यक्रम व्यस्त छन । चुनाव नजिकिदै गर्दा भोट माग्नका लागि उमेदवारहरु अहिले हतारमा देखिन्छन । इटहरीमा एक सय २ पदका लागि चार सय ८ जनाले उमेदवारी दिएका छन् । इटहरीको मेयर पदमा १६ जना र उप–मेयर पदमा ७ जना सहित चार सय ८ जनाको चुनावी प्रतिस्पर्धा हुने इटहरी उप महानगरपालिकामा १ लाख ४ हजार ६ सय २६ मतदाता रहेका छन ।नेकपा एमालेले जित्दै आएको इटहरीमा नेकपा एमालेबाट यामकुमार सुब्बा, नेपाली काँग्रेसबाट हेमकर्ण पौडेल, र राप्रपाबाट आकाश सुब्बा सहित मेयरपदमा १६ जनाको उमेदवारी दिएका छन ।