अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली २२ गते सुदूरपश्चिम जाँदै

एमाले अध्यक्ष ओली २२ गते सुदूरपश्चिम जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही वैशाख २२ गते सुदूरपश्चिम जाँदै हुनुहुन्छ ।

स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश जान लाग्नु भएको हो ।

वैशाख २२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ।

कैलालीको बर्दगोरिया वा लम्की चुहामध्ये एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ।

अध्यक्ष ओली जानका कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले जानकारी दिनु भयो ।