अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

झापा जिल्ला लाल किल्ला बन्छ


बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा लालकिला हुने घोषणा गर्नु भएको हो ।

झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै विकास सम्भव भएकोले विकासका लागि एमालेलाई विजयी गराउनु पर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ। दुई होस् या पाँच दल होस्, एमालेले कराककुरुक बनाईदिन्छ ।’

अध्यक्ष ओलीले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै यहाँको विकासका लागि जिम्मेवार हुने पार्टी एमाले भएको बताउनु भयो । आफू हल्दिबारी नै किन आएको हु भने यहाँको विकासको जिम्मा लिन आएको हो, उहाँले भन्नुभयो, ‘अध्यक्ष डम्बर गिरी, उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।’

कार्यक्रमका प्रमुख अतिथि ओलीले हल्दिबारीको विकास गर्न र केन्द्रबाट विकास ल्याउन सक्ने व्यक्ति डम्बर गिरी नै भएको बताउनु भयो ।

कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गर्नु भएको थियो ।

ओलीले भद्रपुर र हल्दिबारीमा सम्बोधन गरिसकेका छन् भने अब धुलाबारी र बिर्तामोड सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।