हेटौंडा – स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार-प्रसार अभियानमा लाग्नुभएको छ । मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।
आज हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँ सहभागी हुनुभएको हो ।
निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नपाइने व्यवस्था गरेको छ। मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रमस्थलसम्म पुग्नु भएको थियो ।





प्रतिक्रिया