अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र


खलङ्गा – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेका छन् ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिनुभयो । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो । जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् ।