अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पैसा बाँडने कांग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण

पैसा बाँडने कांग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण


काठमाडौं -निर्वाचन आयोगले कांग्रेस उम्मेदवारलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । मतदाताको पाउमा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर सार्वजनिक भएपछि निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
दुई दिनअघि चुनावी प्रचारका क्रममा खनालले मतदाताको पाउमा पैसा राखेर ढोग्दै भोट मागेको तस्बिर सार्वजनिक भएको थियो । सो काम निर्वाचन आचारसंहिता बिपरित भएको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो ।

‘तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन रु निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ,’ निर्वाचन आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ ।

आयोगले वडाध्यक्षका उम्मेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ । अन्यथा आयोगले कडा कदम चाल्ने चेतावनी पनि दिइएको छ ।