काठमाडौ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।
त्रिभुवन विमानस्थलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी आन्तरिक टर्मिनलमा ५र६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं ।’ तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु विमानस्थलमा पुगेका छन् ।







प्रतिक्रिया