डोटी – जिल्लामा घरदैलो अभियानलाई यहाँका विभिन्न पार्टीका उम्मेदवारहरुले तीव्र पार्न थालेका छन् । मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरु अहिले स्थानीयवासीका घर घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका छन् ।
स्थानीयवासी गहुँ काट्न तथा धानको बेर्ना छर्नका लागि खेतमा बेस्त भए पनि उम्मेदवारहरु खेतमै गएर गहुँ काटीदिने तथा धानको बेर्ना छर्न सहयोग गर्ने र मत माग्ने गरेको दिपायल सिलगढी नगरपालिका–८ का स्थानीयवासी दलबहादुर साउदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उम्मेदवारहरु खेतमै आएर मत माग्न थालेका छन्, हामी खेती किसानीमै बेस्त छौँ, हाम्रा खेतीपाती बटुल्ने काममा पनि सहयोग गर्न थालेका छन् ।” उम्मेदवारहरुले किसानलाई खेतीपाती बटुल्नेलगायतका काममा सहयोग गर्न थालेपछि अहिले किसानका काममा निकै सहज हुँदै गएको स्थानीयवासीहरु बताउँछन् ।
उम्मेदवारहरुसँगै उनीहरुका कार्यकर्ताहरुले पनि किसानका कामहरुमा सहयोग गर्दै आइरहेको बताइएको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरुले आफ्ना चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
आसन्न निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० तथा नेकपा ९एकीकृत समाजवादी०बीच जिल्लामा ताल मेल भई अहिलेसँगै घरदैलो अभियानमा जुटेका छन् भने कांग्रेस र एमाले भने अलग अलग भएर चुनावी अभियान लिएर हिँडिरहेका छन् ।
प्राय सबै राजनीतिक दलका नेताहरुका पर्चा पम्पलेटहरुले यहाँका सार्वजनिक स्थानहरु भरिभराउ भएका छन् । यसैगरी उम्मेदवारहरुले आफ्ना प्रचार सामग्रीहरु यहाँका विद्युत्का पोल, सार्वजनिक स्थल तथा सडकहरुमा टाँसेका छन् ।







प्रतिक्रिया