झापा – चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न इलामको लारुम्बा जानुभएको छ ।
संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङसहित अध्यक्ष ओली इलामको माङ्सेवुङस्थित किराँत धर्मको आस्थाकेन्द्र मानिने लारुम्बा जानुभएको हो । इलामको चुनावीसभामा सम्बोधन गर्नुअघि ओली र नेम्वाङले आत्मानन्द लिङ्देनसँग भेट गर्नुहुनेछ ।
आजै अध्यक्ष ओलीले इलामको माइ नगरपालिकको सभालाई सम्बोधन गरेर पुनः झापा फर्कने र सुरुङ्गाको कार्यक्रममा सहभागी हुने एमालेले जनाएको छ । ओली आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।







प्रतिक्रिया