अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपूर्व एमाले अध्यक्ष ओलीको भिडियो सन्देश– अबरुद्ध विकास अघि बढाउन एमालेको विजय अनिवार्य (भिडियोसहित)

निर्वाचनपूर्व एमाले अध्यक्ष ओलीको भिडियो सन्देश– अबरुद्ध विकास अघि बढाउन एमालेको विजय अनिवार्य (भिडियोसहित)


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पूर्व भिडियो सन्देश जारी गर्नुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा विशेष ध्यान दिन र कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको विजयले मात्र सवैको हित हुने र सेवा सुविधा पाइने बताउनुभएको छ । यस निर्वाचनमार्फत परमादेशलाई जनादेशले पराजित गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गर्नुभएको छ ।

केन्द्र र प्रदेशमा एमालेको सरकार भए पनि त्यसलाई कार्यान्वयन गर्न स्थानीय सरकार पनि एमालेको हुन आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ ।