काभ्रेपलाञ्चोक- काठमाडौँबाट भारततर्फ जादै गरेको तिर्थ यात्रु बोकेको यात्रुवाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमो एक आपशमा ठक्कर खाँदा एक जना बालकसहित पाँच जनाको मृत्यु भएको छ।
काभ्रेको रोशी गाउँपालिका वडा-११ स्थित बीपी हाइवेमा बस र टाटासुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
तीर्थयात्री लिएर जादै गरेको भारतीय नम्बर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको टाटासुमो एक आपसमा जुधेर दुर्घटना भएको हो ।
अहिले घटनाका घाइतेहरुलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याउने क्रम चलिरहेको छ । धुलिखेल अस्पतालमा २३ जनालाई ल्याइएकोमा ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको विषयमा विस्कृत विवरण आउन बाँकी नै छ ।








प्रतिक्रिया