अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा माओवादी कार्यकर्ताले कुटे एमालेका कार्यकर्ता

कञ्चनपुरमा माओवादी कार्यकर्ताले कुटे एमालेका कार्यकर्ता


 महेन्द्रनगर – कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेका छन्।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटपिट गरेको एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताउनु भयो ।

उहाँका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा  माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो ।

‘एमालेको चुनाव प्रचार प्रसार गरिरहेका थियौं, गौरादेवी मन्दिरमा गठबन्धनका नेता कार्यकर्तासँग भेट भयो’, घाइते अवस्थीले भन्नुभयो, ‘उनीहरुलाई देखेर हामीहरुले माइकिङ बन्द गरेका थियौं, अञ्जुको खुट्टा लागेर माइक ‘अन’ भयो, त्यसपछि उनीहरु कुटपिटमा उत्रिए ।’

माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताउनु भयो ।