अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीकापुरमा मेयर र उपमेयरमा एमालेको विजय सुनिश्चित

टीकापुरमा मेयर र उपमेयरमा एमालेको विजय सुनिश्चित


काठमाडौँ – टीकापुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारको पक्षमा उत्साह छाएको छ । एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी र विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । यसले एमालेलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेका मेयरका उम्मेदवार खत्री पार्टीका पुराना नेता तथा टीकापुरका विभिन्न सामाजिक काममा क्रियाशील रहेर जनता समक्ष भिजेका नेता हुनुहुन्छ भने केसी पनि टीकापुरमा महिला अधिकारका पक्षमा वकालत गर्दै आउनु भएकी नेतृ हुनुहुन्छ ।

टीकापुरमा एमालेलाई आफ्नो वर्चश्व कायम गर्नुपर्ने छ । यसअघि टीकापुरमा २०५४ सालमा रत्नप्रसाद संजाल र २०७४ सालमा तपेन्द्र रावल बिजयी हुनु भएको थियो ।

एमाले प्रदेश कमिटी सदस्य तथा टीकापुर निर्वाचन परिचालन कमिटीका सह संयोजक सम थापाले एमालेसंग टीकापुर नगर बनाउने भिजन भएको र अहिले गठबन्धनबीच पनि असन्तुष्टि रहेकाले एमालेको बिजय सुनिश्चित भएको बताउनुहुन्छ ।

टीकापुरमा सत्तागठबन्धनबीच मेयर, उपमयेर र वडा-१ मा मात्र गठबन्धन बनेकोले अन्य वडामा गठबन्धनबीच नै प्रतिस्पर्धा रहेको छ ।

कैलाली क्षेत्र-१ का सांसद रेशम चौधरी जेलमा परेको वेला टीकापुरका जनताको अभिभावकीय जनप्रतिनिधि मेयर रहेकोले पनि एमालेप्रति जनताको भरोसा रहेको छ ।

प्रचार कमिटी सहसंयोजक थापाका अनुसार एमाले यतिवेला सांगठनिक रुपमा एकताबद्ध रहेको र टीकापुर निर्माण गर्ने दूरगामी भिजन रहेकोले बिजय सुनिश्चित भएको बताउनु भयो ।

एमालेका उम्मेदवार खत्रीसंग टीकापुरका नगरको मुहार फेर्ने भिजन तथा यहाँका स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गराउने योजना रहेको छ । एमालेले गरेका चार वर्षका कामको आधारमा टीकापुरवासीले एमालेप्रति झुकाव रहेको छ ।

एमालेकै पहलमा रानी जमरा कुलरिया, लम्की टीकापुर सडक निर्माण थालिएको हो ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख द्वारिकाप्रसाद न्यौपानेले वलियो जनाधार र सुदृढ संगठन, टोलटोलमा संगठन विस्तारले एमाले जित्ने बताउनुहुन्छ । उहाँले टीकापुरको मुहार फेर्न एमालेको जस्तै राम्रो एजेण्डा अरु पार्टीसंग नभएकोले अरु पार्टीको प्रभाव नै नरहेको बताउनुभयो । – नवयुगबाट