अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा नेकपा एसका मेयरका उम्मेद्वारको समर्थन एमालेलाई

धनुषामा नेकपा एसका मेयरका उम्मेद्वारको समर्थन एमालेलाई


जनकपुर- धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नुभएको छ ।
सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार हुनुहुन्छ ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गर्नुभएको हो ।

उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष हुनुुहुन्छ ।

यादवलाई मेयरमा समर्थन गरेका गुप्ताले आफ्नो पुरानो घर एमालेमा फर्केको प्रतिक्रिया दिनुभएको छ ।