अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाईको मुहार फेर्न सक्ने राजेन्द्र पोखरेल मात्रै हुन् : केपी शर्मा ओली

कनकाईको मुहार फेर्न सक्ने राजेन्द्र पोखरेल मात्रै हुन् : केपी शर्मा ओली

साबित्रा दहाल


कनकाई- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कनकाईको मुहार फेर्न सक्ने व्यक्ति राजेन्द्र पोखरेल मात्रै भएको बताउनुभएको छ ।
आज कनकाई नगर कमिटीले झापाको सुरुड्गामा आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक तथा जनसभा कार्यक्रमा बोल्दै उहाँले आजको कनकाईवासीको विशाल उपस्थितिले नै एमालेको जीत सुनिश्चित भएको जिकिर गर्दै एउटा दुरदृष्टि भएको अनुभवी नेता सुरुड्गाले पाएको बताउनु भयो ।
‘ पण्डितहरुले मन्त्र विर्सिएलान तर बुढाबुढीले वृद्ध भत्ता दिने पार्टी भत्ता विर्सिदैन् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘छोराछोरीले विदेशबाट पैसा पठाउन विर्सिएलान तर एमाले घर घरमा पैसा पुरयाउछ ।’ वाटो बनाउन, हुलाकी मार्ग बनाउन, एयरपोर्ट बनाउन, देशलाई सुरड् युगमा प्रवेश गराउन, अन्तरिक्षमा सेटलाईट पठाउन, कृषिलाई यन्त्रिकरण र आधुनिकीकरण गर्न एमाले चाहियो यी कामहरु अरुले गर्न नसक्ने र एमालेले मात्र गर्न सक्न अध्यक्ष ओलीको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष ओलीले “समृद्धि, समानता र सवल नगरको आधार, बडादेखि नगरसम्म एमालेको सरकार” नारा सहितको एमाले कनकाईको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभयो ।
यसैगरी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्नी खरेलले सुकुम्वासीलाई धनीपूर्जा वितरण गर्न लाग्दा आयोग विघटन गरेर भूमिहिन तथा विपन्न परिवारलाई वर्तमान सरकारले अन्याय गरेको बताउनु भयो उहाँले कनकाईका नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वारी दिएका राजेन्द्र कुमार पोखरेल अन्तराष्टिय स्तरमा समेत कनकाईलाई चिनाउन सफल व्यक्ति रहेको बताउदै बैदेशिक सम्वन्ध कायम गरेर जनतालाई सुविधा दिन खोज्दा विपक्षीले अनावश्यक वखडा झिकेर मेयरको चरित्र हत्या गर्ने प्रयास गरेको बताउनुभयो ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल झापाका १५ वटै पालिकाका नगरप्रमुखहरु मध्येको अव्वल रहेको बताउदै आगामी निर्वाचनमा समेत पोखरेलले नेतृत्व प्रदान गरेर सक्षम टिमलाई विजय गराउन जनतासँग अपिल गर्नुभयो ।
खरेलले यस पटकको स्थानीय निर्वाचनमा गठवन्धनले २०९ वटा पालिकामा गठवन्धन गरिरहदा ७ वटा पालिकामा मात्र महिलालाई प्राथमिकता दिएर महिलाको अधिकार माथि कुठाराघात गरेको बताउनु भयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य देवराज घिमिरे, केन्द्रीय स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्थानीय विभाग प्रमुख देवेन्द्र दहाल, स्थायी कमिटी सदस्य जितु गौतम, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु बलकृष्ण मैनाली र सूर्यप्रसाद उप्रेती, प्रदेश सचिव चिन्तन पाठक, प्रदेश कमिटी सदस्यहरु टंकबहादुर कार्की र घनश्याम अधिकारी, प्रदेश कमिटी सल्लाहकार कोमल पन्त, प्रदेश स्थायी कमिटी सदस्य प्रेम दहाल लगायत थुप्रै केन्द्रीय, प्रदेश, जिल्ला, नगर र गाउँ कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस छोडेर नेकपा एमालेमा प्रवेश गरेका धनपति तिवारी, पुष्प तिवारी लगायत दर्जनौ व्यक्तिलाई पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी शर्मा ओलीले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
नेकपा एमाले झापा जिल्ला सदस्य तथा कनकाई नगर कमिटीका इञ्चार्ज रविन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर अध्यक्ष खड्ग प्रसाईले गर्नुभएको थियो भने सञ्चालन नगर सह सचिव दिपक चापागाईले गर्नुभएको थियो ।