अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट


जुम्ला- जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन्।
पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन्। बिरुवा बेचेरै वर्षमा २४ लाख रुपैयाँसम्म आम्दानी गरेको अनुभव उनीसँग छ।
तर, यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए। बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ। ‘नौ हजार बिरुवा उत्पादन गरेँ, हालसम्म एउटा पनि बिक्री भएन,’ उनले भने।

कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि एक सय १० स्याउका नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन्  । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनको भनाई छ।
यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ।