अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नागले देउवासँग भेट्नुभएन, रामचन्द्रसँग भने ‘ब्रेकफाष्ट मिटिङ’

भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नागले देउवासँग भेट्नुभएन, रामचन्द्रसँग भने ‘ब्रेकफाष्ट मिटिङ’


चितवन – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगे पनि जगन्नाथ पौडेलले भेट्न मान्नुभएन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल सँग बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ब्रेकफाष्ट नै मान्नुभएन।

बिहीबार विहान भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उहाँ पक्षका नेताहरूबीच छोटो कुराकानी भएको थियो । तर, देउवा सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि भन्दै बुधबार नै चितवन पुग्नुभएको थियो । तर, पौडेलले भेट्न मान्नुभएन ।

जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतसँग रामचन्द्रले होटलकै कोठामा बेक्रफाष्ट लिँदै कुरा गर्नुभयो ।

कांग्रेसका पुराना नेता जगन्नाथ यसपालि भरतपुर माओवादीलाई छाड्ने पक्षमा हुनुहुन्न । उहाँ स्वतन्त्र ढंगले उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुटिसक्नुभएको छ ।

महानगरभित्र कांग्रेसको धेरै भोट रहेकोले थोरै भोट भएको माओवादीलाई मेयर नछाड्ने दाबी पनि जगन्नाथ गर्नुहुन्छ । उहाँले कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको भन्ने गर्नुहुन्छ ।

‘रामचन्द्र दाइले भेट्न बोलाउनु भएको थियो । प्रस्तावक र समर्थकसहित गएर भेटेर आएँ । हाम्रो बटमलाइन उहाँलाई सुनाए – हामी कुनै पनि हालतमा मेयर उम्मेवारी छोड्दैनौं,’ भेटवार्ताबारे जगन्नाथले भन्नुभयो ।