अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मुखमा सिन्धुपाल्चोक माओवादीमा विद्रोह,वाइसिएल इन्चार्जको टिम नै एमालेमा प्रवेश

चुनावको मुखमा सिन्धुपाल्चोक माओवादीमा विद्रोह,वाइसिएल इन्चार्जको टिम नै एमालेमा प्रवेश


भक्तपुर -सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र ठूलो बिद्रोह भएको छ ।
परिवारवाद लादेको भन्दै असन्तुष्ट रहेका माओवादीका प्रभावशाली युवा नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो ।
उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्टबिरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनु भयो ।