अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरको चुनावी गठबन्धनले कांग्रेसका शिर्ष नेता दुई धारमा विभाजित

भरतपुरको चुनावी गठबन्धनले कांग्रेसका शिर्ष नेता दुई धारमा विभाजित


भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले गर्ने आम सभाको विषयले नेपाली कांग्रेस शिर्ष तहसम्मै दुईधारलाई विभाजित भएको छ ।

आज चितवनमा हुने गठबन्धनको आम सभालाई सम्बोधन गर्नका लागि भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो बुधबार नै चितवन पुग्नु भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनकै कार्यक्रमको लागि चितवनमा पुग्नु भएको छ ।

यता सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि सहभागी हुने भनेर प्रचार-प्रसार गरेको थियो तर थापा चितवन नजाने भएका छन् । थापाले आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गर्नुपर्ने बहाना गर्दै चितवनको कार्यक्रममा नजाने बताउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाई चितवन पुगेर मात्र सभापति देउवाले चितवनको सभामा आउन भनि फोन गर्नु भएको थियो । तर कोइरालाले पनि आफ्नो पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भनेर चितवनको कार्यक्रमलाई बहिस्कार गर्नु भएको छ ।

चितवनको गठबन्धन र आज हुने चुनावी सभाले केन्द्रसम्म नै दुई धारमा कांग्रेस विभाजित भएको स्पष्ट सन्देश दिएको छ।

चितवनमा गठबन्धनले माओवादी नेतृ रेनु दाहाललाई उम्मेदवार बनाएपछि चितवन कांग्रेस असन्तुष्ट बनेको छ । असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेललाई अघि सारेर घरदैलो गरिरहेको छ ।