काठमाडौं – अखिल नेपाल महिला संघले महिलाको सुरक्षा, सम्मान र सिंगो समाजको समुत्थानका लागि सूर्यमा मतदान गर्न आह्वाहान गरेको छ । संघले एक अपिल जारी गर्दै महिलाको हक हित रक्षाको लागि राज्यको स्रोत साधन अधिकतम रूपमा परिचालन गर्न र महिला र पुरुषलाई हेर्ने समान सामाजिक दृष्टिकोण बनाउन पनि सुर्यमा मतदान आवश्यक भएको जनाएको छ ।
एमालेलाई मतदान गर्नुपर्ने २३ कारण सहितको बुँदा सार्वजनिक गर्दै संघले जोखिमपूर्ण अवस्थाका बालबालिका र बेचविखन तथा हिंसामा परेका हजारौं महिला तथा कलिलबालिकाको उद्दार कार्यलाई निरन्तरता दिन पनि सूर्य चिन्हमा मतदान गर्नुपर्ने उल्लेख गरेको छ । ‘खुसी जेष्ठ नागरिक, सुखी बालबालिका ः अपाङ्गमैत्री सबै पालिका बनाउन सूर्यमा मतदान गरौं,’ अपिलमा भनिएको छ ।
यस्तो छ अखिल नेपाल महिला संघले जारी गरेको अपिल :
अखिल नेपाल महिला संघको आह्वान सूर्यमा मतदान
सामाजिक सुरक्षा र रोजगार सम्पूर्ण क्षेत्रमा समान अधिकार
महिलाको सम्मान, सिंगो समाजको समुत्थान
स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हँुदैछ । सत्ताधारी गठबन्धन आवधिक चुनावबाट भाग्न कोशिस गरिरहेका बेलामा संविधान र कानुनी व्यवस्थाका आधारमा समयमा चुनाव गर्नका लागि नेकपा(एमाले) र सम्वद्ध जनसंगठनहरुको निरन्तरको दबाव स्वरूप सरकार चुनावका लागि बाध्य भएको हो । यस पटकको चुनाव परमादेशका विरुद्धमा जनादेश, अविकास र अस्थिरताका विरुद्ध विकास र समृद्धि साथै असमावेशी गठबन्धनका विरुद्ध समावेशिताको पक्षको चुनाव बन्न पुगेको छ । यो निर्वाचन मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकारी व्यवस्था हँुदै समाजवादतिर जाने कि, उदार पूँजीवादको बाटो हँुदै पूँजीवादतर्फ जाने भन्ने कुराको निर्धारण समेत चुनावी जनादेशबाट निर्धारण हुनेछ । तसर्थ अखिल नेपाल महिला संघ यस पटकको चुनावमा सम्पूर्ण महिला दिदीबहिनी दाजुभाईहरूलाई आफ्नो मताधिकारलाई सही ढङ्गले सदुपयोग गर्न देशलाई समाजवादको दिशातिर डो¥याउन नेकपा(एमाले) का सूर्यध्वजावाहक उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मत दिन हार्दिक अनुरोध गर्दछ ।
नेकपा(एमाले) का उम्मेद्वारलाई नै भोट किन ?
नेकपा(एमाले) नेतृत्वको सरकारले महिला बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाको क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको हुनाले ।
७० वर्षभन्दा माथिका झण्डै १३ लाख बाआमाहरु, लोपोन्न्मुख, अल्पसंख्यक, एकल महिला, अपाङ्गता भएका नागरिहहरुलाई साविकमा प्रदान गर्दै आएको मासिक रु एक हजारबाट बढाई रु. ५ हजार बनाउन ।
जोखिमपूर्ण अवस्थाका बालबालिका र बेचविखन तथा हिंसामा परेका हजारौं महिला तथा कालबालिकाको उद्दार कार्यलाई निरन्तरता दिन । खुसी जेष्ठ नागरिक, सुखी बालबालिका ः अपाङ्गमैत्री सबै पालिका बनाउन ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती, सुत्केरी महिला र शिशुको हवाई उद्दार कार्यक्रमबाट महिलाको उद्दार कार्यलाई निरन्तरता दिन ।
२०७५ मंसिर देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरू गरी श्रमजिवीहरुको भविष्य सुनिश्चित गर्न ।
एकीकृत सामाजिक सुरक्षा योजना लागु गरी सबै नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा र संरक्षणको दायरामा ल्याउन ।
महिलाहरुमाथि हुने जघन्य अपराधहरु जस्तै एसीड प्रहार, बोक्सीको आरोप, घरेलु हिंसा, यौनजन्य हत्या हिंसा न्यूनिकरणका लागि बनेका कानूनहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै पालिकाहरुमा हुने सबै खाले हिंसा, विकृति विसंगतीहरुलाई रोकथाम र निर्मूल गर्न ।
सडक मानव मुक्त नेपाल निर्माणका लागि विशेष अभियानलाई निरन्तरता दिंदै जोखिममा परेका नागरिकको संरक्षण गर्न ।
अति विपन्न वर्ग, भूमीहिन, सुकुम्वासी, अशक्त, अपांगता भएका, एकल महिला, लोपोन्मुख, अल्पसंख्यक, दलित, आदिवासी जनजातीलाई आवासको व्यवस्थापनको कार्यक्रमलाई निरन्तरता दिन ।
महिला, एकल महिला, दलित, जनजातीहरूले संचालन गरेको उद्यममा व्याज अनुदान, सहुलियत कर्जाको व्यवस्थालाई छिटो छरितो उपलब्ध गराउन ।
आधारभूत तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय, सहज, सुपथ, सुलभ, आत्मनिरर्भर अर्थतन्त्र र रोजगारमूलक प्राविधिक शिक्षा, सामुदायिक विद्यालयको स्तरोन्नती गरौं छोरीहरुका लागि छात्रावासको व्यवस्था गर्न ।
निरोगी नेपाल, स्वस्थ नेपाली बनाउन स्वच्छ खानेपानी सफा बस्ती र स्वस्थकर पौष्टिक आहार, आनीबानीको विकास र व्यवस्था गर्न ।
सबै पालिकाहरुमा पर्याप्त विद्युतिकरणमार्फत उज्यालो पालिका, शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासन कायम गर्न ।
डिजिटलाईज्ड नेपाल बनाउने अभियान मार्फत पारदर्शी, जवाफदेहीपूर्ण, भ्रष्टाचारमुक्त, हिंसामुक्त समाज निर्माणका लागि विकास निर्माणको निर्णायक स्थानमा महिला–पुरुष समान हिस्सेदारीमार्फत समुन्नत राष्ट्र बनाउन ।
विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धिः स्वदेश मै रोजगारी सम्मान र समृद्धिका लागि ।
घरेलु हस्तकला, मौलिक कला र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न ।
समाजवाद निर्माणका लागि महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास गरी सक्षम, सबल, कार्यकुशल, क्षमतावान, स्वस्थ र सिर्जनशिल जनशक्ति निर्माण गर्न ।
प्रकृति र स्वस्थकर पर्यावरणका लागि जलवायु अनुकुल विकास र वातावरणबीच सन्तुलन कायम गर्न आवश्यकता अनुरुप विपद् रोकथाम र व्यवस्थापन गर्न ।
संरचनागत तथा कानुनी सुधार र प्रभावकारी न्याय सेवा प्रवाह गरी समुन्नत, सुदृढ लोकतन्त्रको आधार सामाजिक न्याय, मेलमिलाप र मानव अधिकारको सुनिश्चितता गर्न ।
समाजमा महिलाको इज्जत, प्रतिष्ठा, मान, सम्मान र मर्यादा बढाउन, हेप्ने, दुरुत्साहन तथा दुव्र्यवहार र अविश्वास गर्ने हिंसाजन्य मानशिकता र व्यवहारमा परवर्तन गर्न
महिलाको हक हित रक्षाको लागि राज्यको स्रोत साधन अधिकतम रुपमा परिचालन गर्न महिला र पुरुषलाई हेर्ने समान सामाजिक दृष्टिकोण बनाउन ।
महिला गरिबी र पछौटेपनबाट मुक्त गर्न आर्थिक, सामाजिक रुपान्तरणका लागि महिलामैत्री कार्यक्रम बनाई प्रभावकारी कार्यान्वयन गर्न ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजवुत बनाउनमहिला पुरुषको समान सहभागिता भएका संरचना निर्माण गर्न, समानतामा आधारित आर्थिक, सामाजिक, राजनैतिक र सामाजिक सम्बन्धहरुको विकास गर्न ।
परिवार समाज, राज्य र राजनीतिमा हुने हिंसाको रोकथाम र न्युनिकरण गर्दै हिंसा शोषण र विभेद मुक्त सुन्दर मर्यादित समृद्ध समाज निर्माण गर्न ।
प्रतिक्रिया