अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले ठूलो षड्यन्त्र गर्‍यो : अध्यक्ष ओली

सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले ठूलो षड्यन्त्र गर्‍यो : अध्यक्ष ओली


कैलाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाउनु भएको छ ।

कैलालीको बौनियामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो । पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’