काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भन्नुभएको छ, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो ।’
मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरी चुनावी प्रचार-प्रसारमा छन् । त्यति मात्र होइन प्रधानमन्त्री शेरबहादुर देउवा पनि आचारसंहिता विपरीत चुनावी अभियानका लागि चितवनमा हुनुहुन्छ ।






प्रतिक्रिया