अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आइजिपी बढुवा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

आइजिपी बढुवा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जेठ १७ गते पूर्ण सुनुवाइ


काठमाडौं – न्यायाधीश सुष्मालता माथेमाको इजलासले बिहीबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्तिविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

मुद्दाको पूर्ण सुनुवाइ आगामी जेठ १७ गते तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनु भयो ।

वरीयताक्रम मिचेर सिंहलाई आइजिपीमा बढुवा गरिएको भन्दै पहिलो वरीयताका एआइजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिनु भएको थियो ।