अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचनपछि माओवादी राजनीतिको केन्द्रमा रहदैन : शंकर पोखरेल

स्थानीय तहको निर्वाचनपछि माओवादी राजनीतिको केन्द्रमा रहदैन : शंकर पोखरेल


काठमाडौ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता पक्षले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूले आचारसंहिता विपरीत चुनावी प्रचारमा लागेको बताउनुभयो ।
उहाँले सत्ता पक्षले आचारसंहिताको उल्लंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएकोबताउनुभयो। उहाँले सत्ता पक्षधर र आयोगको व्यवहारका कारण चुनावको निष्पक्षतामाथि प्रश्न उठेको बताउनुभयो।
फरक प्रश्नमा उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नियमित संवाद भइरहेको बताउनुभयो । पोखरेलले पछिल्लो राजनीतिमा एमाले एकातिर र अरू अर्कोतिर ध्रुवीकृत भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सफल भए अरु सबै वामपन्थी पार्टी एमालेमा आउने दाबी समेत गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिको केन्द्रमा नरहने उल्लेख गर्नभयो ।